Categories समाचार

म निर्वाचित भएको घोषणा निर्वाचन अधिकृतले ढकालले नै गरेका हुन् : गुप्ता

Advertisement

वीरगन्ज । राजकुमार गुप्ताले भने बुधबार राति मतगणना सकिए लगत्तै ३ नम्बर क्षेत्रका निर्वाचन अधिकृत याेगनाथ ढकालले नै सार्वजनिक रूपमै माइकबाट आफु निर्वाचित भएको घोषणा गरेको दाबी गरे ।

यसका साथै सबै उम्मेदवारले पाएको मत सहितको अन्तिम विवरण लेखेर त्यसमा निर्वाचन अधिकृतको कार्यालयकै छाप लगाउनुका साथै हस्ताक्षर गरेर ह्वाटस्एपमा पठाएको र त्यो प्रमाण आफुसंग सुरक्षित रहेको गुप्ताले बताए ।

Advertisement

गुप्ताले भने जनताको बहुतमले जितिसक्दा पनि सत्ताको दुरुपोग गरेर मलाइ हराउने षडयन्त्र चारै तिरबाट भइरहेको छ । उनले यस बारेमा आफुले प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरिक्षकलाइ फोन गरेर कुरा गरेको पनि जानकारी दिए । उनले प्रत्यक्ष तर्फको मतपत्र , समानुपातिकको मतपेटिकामा भेटिए पनि त्यो मत सदर नहुने भएकाले भ्रममा नपर्न ३ नम्बर क्षेत्रका सम्पुर्ण जनतासंग अपिल पनि गरे ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *