Categories समाचार

गृहमन्त्री खाँणलाई पराजित गर्दै राप्रपाका बोहोरा निर्वाचित

Advertisement

भैरहवा । रुपन्देही–३ बाट प्रतिनिधिसभा सदस्यमा राप्रपाका दीपक बोहरा विजयी भएका छन् । गृहमन्त्री एवं सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई २६८१ मत अन्तरले पराजित गर्दै राप्रपाका बोहोरा निर्वाचित भएका हुन् ।

खसेको ९३ हजार ६ सय ५ सय ६७ मतमध्ये राप्रपाका बोहराले ३६ हजार ७१७ मत प्राप्त गर्दै विजयी भएका मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाले जानकारी दिएका छन् ।

Advertisement

यता कांग्रेसका खाँणले ३४ हजार ३६ मत प्राप्त गरे । राप्रपाका बोहरालाई नेकपा (एमाले) र जसपाको समर्थन थियो । बोहोरा नेपालको राजनीतिमा ४ दशकदेखि राप्रपामा क्रियाशील रहँदै आएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *