वीरगन्ज । नव जनकल्याण युवा संजालद्वारा नकाउट मैत्री क्रिकेट प्रतियोगिता शुरु भएको छ ।
वीरगन्जको आदर्शनगर रंगशालामा अयोजित नकाउट मैत्री क्रिकेट प्रतियोगिता हिजो ( शनिबार ) एक कार्यक्रम आयोजना गरि शुभारम्भ गरिएको हो ।
संजालका अध्यक्ष मोहम्मद सगिर अलीको अध्यक्ष्तामा भएको सो कार्यक्रमका प्रमुख अतिथि वीरगन्ज महानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बैजुलाल स्वर्णकारले बैटिंग गरेर खेलको उद्घाटन गरेका थिए ।
अतिथिमा वडा नम्बर ३ का वडा सदस्य कलाम ठुकराई, पत्रकार हिटलर,आरिया एजुकेशनका संथापक मुकेश साह लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा संजालका सचिव हरिशंकर यादव, विक्कि राज पटेल, दिलखुश देवान, अमित सिंह राजपुत लगायतले सहयोग गर्नुभएको थियो ।