Rato Pana
Image default
समाचार समाज

चिसोबाट बच्न असायहरुलाई कम्बल वितरण

Advertise:Advertise: Advertise:
Advertise:

बीरगंज । उपकार सेवा नेपाल नामक संस्थाले असायहरुलाई कम्बल बितरण गरेको छ । जाडोमा कोहि पनि न्यानो कपडा बिहिन नहोस भन्ने उद्येश्यका साथ बढ्दो चिसो र शितलहरबाट बच्नका लागि अगाडी नै कम्बल बितरण गरेको हो ।

बीरगंज महानगरपालिका वडा नम्बर ३० लालपर्साको डोम बस्ती र स्वास्थ्य संस्थाको प्राङ्गणमा गरि ३० जना असहाय र निमुखाहरुलाई संस्थाकी केन्द्रिय अध्यक्ष बिद्य्यादेबी सरावगीले (पूजा पोद्दार) कम्बल बितरण गर्नु भएको हो ।

कम्बल बितरण गर्दै हरेक वर्षझैँ यो वर्ष पनि कम्बल बितरण अभियान जारी रहेको अध्यक्ष सरावगीले बताउनुभयो ।

वडा अध्यक्ष मनोज यादवको अध्यक्ष्तामा भएको सो कार्यक्रममा केन्द्रीय सदस्य पदमा सरावगी, समाजिक अभियन्ता अनिशकान्त कुशवाहा, संस्था प्रमुख मेवालाल ठाकुर संस्थाकी सदस्य श्रीमति सुमन बगरिया लगायतको उपस्थिती रहेको थियो ।

सो कम्बल उपकार सेवा नेपाल लाई सहयोगी काठमांडू निवासी रवि अग्रवालको तर्फबाट पाएकोमा उनलाई धन्यवाद दिदै आगामी दिनमा पनी सहयोगको अपेक्षा राखेको अध्यक्ष सरावगीले बताउनुभयो

Advertise: Advertise:

Related posts

Leave a Comment