Categories समाचार

पर्सा : अज्ञात समुहले सामुदायिक विधालयमा आगजनी गर्दा ६ लाख बढि क्षति

Advertisement

वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ५ पाडेबर्वामा रहेको एक सामुदायिक विधालयमा आगजनी गरिएको छ ।

मनोकामना प्राथमिक विद्यालयमा शनिबार अज्ञात समुहले आगजनी गरेको प्रधानाध्यापक देवचन प्रसाद यादवले बताए । शनिबार मध्यराति तिर गरिएको आगजनीका कारण विद्यालय भित्रका सामानमाहरु जलेर नष्ट हुदा ६ लाख भन्दा बढिको क्षति भएको यादवले बताए ।

Advertisement

प्रधानाध्यापक यादवका अनुसार शनिबार राति अज्ञात समुहले गाउँमा रहेको टावर लाईट निभाएर विद्यालयको तल्चा फुटाई विद्यालय भित्र प्रवेस गरेर कम्प्युटर , प्रिन्टर , टेबुल कुर्सी, कागजात , लगायतका सामग्री जलाएर नष्ट गरेका हुन् ।

Advertisement

घटनाको बारेमा ईलाका प्रहरी कार्यालय पोखरीयमा जानकारी गराई सकेको प्रधानाध्यापक यादवले बताए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *