Categories समाचार स्वास्थ्य

विभिन्न वडाहरुमा क्रमशः सेवा दिदै आएको “मेयर घरदैलो स्वास्थ्य कार्यक्रम” आजदेखि वडा नं. २६ मा शुरु

Advertisement

वीरगन्ज । “मेयर घरदैलो स्वास्थ्य कार्यक्रम” वीरगन्ज महानगरपालिका वडा नम्बर २६ सुगौलीको स्वास्थ्य चौकीमा साेमबार देखि शुरु भएको छ ।

विभिन्न वडाहरुमा क्रमशः सेवा दिदै आएको “मेयर घरदैलो स्वास्थ्य कार्यक्रम” साेमबार शुरु भएको वडा नम्बर २६ मा पहिलो दिन ८१ जना महिला सहित १४२ जना स्थानीयबासीले स्वास्थ्य सेवा लिएका छन् । डाक्टरहरूको सल्लाह र आवश्यकता अनुसार ४० जनाले ल्याब , ८ जनाले यु. एस. जी सेवा समेत लिएका हुन ।

Advertisement

महानगरपालिकाले नगरवासीको घरदैलोमै स्वास्थ्य सेवा पुर्‍याउने उदेश्यले सञ्चालन गरेको कार्यक्रममा क्रमशः वडा नम्बर १७,१८,३०,३१ र ३२ मा बिरामीको अवस्था हेरी मोबाइल ल्याब बाट तत्कालै रगत परिक्षण गराइ समस्या अनुसार नि:शुल्क औषधी पनि वितरण गरिएको जनाइएको छ । सञ्चालन गरिएको पाँच वडामा उपलब्धिमूलक रहेको कार्यक्रमलाई निरन्तरता दिँदै छैठौं स्थानको रुपमा वडा नम्बर २६ मा शुरु गरिएको हो ।

Advertisement

घरदैलोमै सबै खालका चेकजाँच हुने गरी स्वास्थ्य सेवा पुगेपछि सदरमुकाम धाइरहने अवस्था हटेकोले स्वास्थ्य चेकजाँच गराउन आउने सेवाग्राहीको भीडभाड लाग्ने गरेको वीरगन्ज महानगरपालिकाका आम सञ्चार माध्यम प्रवर्द्धन तथा नियमन समितिका सदस्य अमित अग्रवालले बताए ।

खासगरी वृद्धवृद्धा , गर्भवती महिला तथा अन्य स्वास्थ्य समस्या भएका महिलाहरुका लागि सहज बाताबरण रहेकोले महिलाहरू निर्धक्क रुपले उल्लेखनीय सहभागीता सहित कार्यक्रम स्थलमा चेकजाँच गराउन आउने गरेको डाक्टर जिन्नतुन नेशाले बताईन् ।  

आज (सोमबार) देखि शुरु गरिएको “मेयर घरदैलो स्वास्थ्य कार्यक्रम” यहीँ साताको बिहीबार सम्म सोही वडामा चल्ने भएकोले स्वास्थ्य समस्या झेलिरहेका स्थानीयहरुलाई राजनीतिक कलहमा नपरि शिविरमा सहभागी भएर स्वास्थ्य सेवा लिन महानगरका मेयर राजेशमान सिंहले आग्रह गरे ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *