Categories समाचार

नहर निर्माणमा भ्रष्टाचार गरेको भन्दै कर्मचारीहरु विरुद्ध मुद्दा दायर

Advertisement

वीरगन्ज । नहर निर्माणमा भ्रष्टाचार भएको भन्दै नारायणी सिँचाइ व्यवस्थापन डिभिजन कार्यलय वीरगन्जका कर्मचारीहरु विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

नहर निर्माणको क्रममा भ्रष्टाचार भएको देखिएकोले नारायणी सिँचाइ व्यवस्थापन डिभिजन वीरगञ्जका कर्मचारी विरुद्ध अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गराएको हो।

Advertisement

नारायणी सिँचाइ व्यवस्थापन डिभिजन पर्सा ब्लक नं २ र १० को नहर निर्माणमा भ्रष्टाचार भएको भन्ने उजुरीको सम्बन्धमा छानबिन गर्दा उपभोक्ता संस्थालाई बद्नियतपूर्वक कामै नभएको अवस्थामा पनि झुटा बिल बनाई गलत भुक्तानी दिई/लिई भएकाले भ्रष्टाचार मुद्दा दायर गराइएको अख्तियारले जनाएको छ।

Advertisement

अख्तियारले नारायणी सिँचाइ व्यवस्थापन डिभिजन नंबर ५ वीरगञ्जका तत्कालीन सिडिई मदनमोहन झा र तत्कालीन लेखा अधिकृत मुरारीप्रसाद आचार्य विरुद्ध जनही ५ लाख ६१ हजार ९५० रुपैयाँ बिगो कायम गरी कैद र बिगोबमोजिम जरिवाना गरी बिगो असुल–उपर हुनसमेत मागदाबी लिई भ्रष्टाचार मुद्दा दायर गराइएको छ।

यस्तै ब्लक नम्बर २ हरिहरपुर बिर्ता, पर्साकी अध्यक्ष कुसुम देवी कलवार र कोषाध्यक्ष राजकिशोरप्रसाद विरुद्ध पनि जनही ५ लाख ६१ ह्जार ९५० रुपैयाँ बिगो कायम गरी कैद र बिगोबमोजिम जरिवाना गरी बिगो असुलउपर हुनसमेत माग दाबी लिई भ्रष्टाचार मुद्दा दायर गराइएको अख्तियारका प्रवक्ता शयामप्रसाद भण्डारीले जानकारी दिए। साभार : देशसन्चार

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *