Categories समाचार

ठोरीका बिरामीहरुले पनि अब निशुल्क रगत पाउने

Advertisement

वीरगन्ज । पर्साको ठोरी गाउँपालिकाका बिरामीहरुले पनि रक्त सन्चार केन्द्र (ब्लड बैंक) वीरगन्जबाट निशुल्क रगत पाउने भएका छन् ।

वीरगन्जमा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखा र ठोरी गाँउपालिका बिच मङगलबार भएको सम्झौता अनुसार अब ठोरी गाँउपालिकाका बिरामीले जिल्ला भित्रका अस्पतालमा उपचार गराउदा ब्लड बैंकले निशुल्क रगत उपलब्ध गराउने भएको हो ।  अर्थात रगतका लागि ब्लड बैंकमा लाग्ने आवश्यक खर्चको शुल्क ठोरी गाउँपालिकाले ब्यहोर्ने भएको छ ।

Advertisement

सम्झौता अनुसार ठोरी गाउँपालिकाका बिरामीले आफ्नो परिचय खुल्ने कागजातहरु नागरिकता, सवारी चालकको अनुमतिपत्र वा मतदाता परिचयपत्र मध्ये कुनै पनि प्रमाण सहित गाँउपालिाकाको सिफारिस पेश गरेमा ब्लड बेंकले निशुल्क रगत उपलब्ध हुने भएको हो ।

Advertisement

गाँउपालिकावासीलाई उपचारमा सहयोग होस् भन्ने उद्देश्यले उक्त सम्पुर्ण खर्च गाउँपालिकाले ब्यहोर्ने गरि रेडक्रससंग सम्झौता गरिएको गाँउपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठले बताए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *