Categories समाचार

वडा प्रहरी बिर्ताद्वारा चोरीका सामानसहित १२ जना पक्राउ

Advertisement

वीरगञ्ज ।  वडा प्रहरी कार्यालय बिर्ताले चोरीका सामानसहित १२ जनालाई पक्राउ गरेको छ ।

वीरगञ्जका विभिन्न स्थानबाट रातिको समयमा घर तथा पसलहरुबाट नगद एवम् जिन्सी सामाग्री चोरी गरेको उजुरीका आधारमा प्रहरीले १२ जनालाई पक्राउ गरेको हो ।

Advertisement

गरगहना, कपडा, मोबाइल, साइकल लगायतका घरायसी सामाग्रीका साथै सार्वजनिक स्थानमा रहेका चापाकल, कवाड, गाडीका ब्याट्री अन्य फलामजन्य सामाग्री चोरी गरेर लुकी छिपी भाग्दै गरेका १२ जनालाई पक्राउ गरेका वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक बिशाल मल्लले जानकारी दिए ।

Advertisement

मल्लका अनुसार १२ जनालाई नियन्त्रणमा लिएर चोरी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको छ । 

केही समय यता रातिको समयमा चोरहरुको समूह सक्रिय रहेको हुँदा सावधानीपूर्व रहन पनि उनले आग्रह गरेका छन् । साथै चोरी सम्बन्धी शंकाजन्य अवस्थामा प्रहरीलाई खबर गर्न पनि उनको आग्रह छ । 

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *