Categories समाचार समाज

परिवर्तन नेपाल फाउन्डेसनद्वारा सचेतनामुलक कार्यक्रम सम्पन्न

Advertisement

वीरगञ्ज । महिला हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा परिवर्तन नेपाल फाउन्डेसनले सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।

वडा प्रहरी कार्यालय विर्तासँगको सहकार्यमा फाउण्डेशनले महिला हिंसा सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको हो । समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्र्तगत वीरगञ्जको पीस जोन एकेडेमीमा अध्ययनरत विद्यार्थीहरुलाई महिला हिंसाका सम्बन्धमा र यसका कानुनी प्रावधानका बारेमा जानकारी गराइएको थियो ।

Advertisement

महिला र पुरुषबिचको समानताले नै देशलाई समृद्धिको यात्रातर्फ लैजाने हुँदा समानताको धारणा सबैमा विकास हुनुपर्नेमा वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक बिशाल मल्लले जोड दिएका छन् । साथै उनले महिला हिंसा सम्बन्धी कानुनी प्रावधानका बारेमा पनि प्रकाश पारेका थिए ।

Advertisement

सो अवसरमा एसिड पिडित मुस्कान खातुनले पनि आफ्नो अनुभवसँगै महिलालाई लिएर हुने गरेका विभिन्न किसिमका टिकाटिप्पणी एवम् बुझाई सम्बन्धी आफ्नो धारणा राखेकी थिइन् ।

फाउण्डेशनका अध्यक्ष रणधिर वर्णवालको अध्यक्षतामा भएको कार्यक्रममा महिला सेलकी प्रहरी निरीक्षक मनिषा लौदारी, फाउण्डेशनकी उपाध्यक्ष नेहा साह, कोषाध्यक्ष सुशील पटेल, कलेका प्रतिनिधी, विद्यार्थी, संस्थाका पदाधिकारी, सदस्य लगायतको उपस्थिती रहेको फाउण्डेशनकी कार्यक्रम संयोजक स्वस्तिका नेपालले जानकारी दिइन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *