Categories समाचार

नेकपा एमालेका नेता भीमलाई मेयर बालेनको जवाफ

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएपछि मात्रै आफूले अमेरिकी राजदूतसँग भेट गरेको बताएका छन् । नेकपा (एमाले)का नेता भीम रावललाई जवाफ फर्काउँदै परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आफूलाई भेट्न आएपछि राजदूत डीन थम्पसनसँग भेटे गरेको बताएका हुन् ।

मेयर साहले भनेका छन्, ‘अमेरिकी राजदूतले हामीसँग पटक–पटक भेट्न खोज्दा हामीले चाहिँ बरु उल्टै उहाँलाई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आउनुस् भनेका हौं र उहाँले अन्तिममा परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएपछि मात्र हामीले भेट्ने अनुमति दिएका हौं ।’

Advertisement

त्यस्तै मेयर साहले आफूहरुलाई विदेशीसँग सहयोग माग्ने कुनै रहर नभएको उल्लेख गर्दै थप भनेका छन्, ‘हामीलाई तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर छैन । उहाँले हामीलाई आर्थिक सहयोग गर्ने प्रस्ताव लिएर आउनुभएको थियो तर हामीले हामी चाहिँ अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर अथवा पाटी पौवा बनाइदिन सहयोग गर्छौँ भनेर पठाएका छौँ । र थप एमसीसीमार्फत् विद्युत विदेशीलाई बेच्ने भन्दा पनि त्यो विद्युत नेपालमै प्रयोग गरेर आर्थिक उन्नति गर्नुपर्छ भन्ने धारणा व्यक्त गरेका छौँ ।’

Advertisement

एमाले नेता (रावल)ले मेयर साहले बिहीबार अमेरिकी राजदूत थम्पसनसँग भेट्दा परराष्ट्र मन्त्रालयको अनुमति लिएर भेटेको हो कि होइन ? भनेर प्रश्न गरेका थिए । रावलको सोही प्रश्नको जवाफ फर्काउँदै मेयर साहले यस्तो बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *