Categories समाचार

मालपोत कार्यालय पर्सामा माघ १ गतेदेखि पूर्णरूपमा अनलाइन सेवा सञ्चालन हुँदै ।

Advertisement

वीरगंज । भूमिसुधार तथा मालपोत कार्यालय, पर्सामा माघ १ गतेदेखि पूर्णरूपमा अनलाइन सेवा सञ्चालन हुने भएको छ । मङ्सिर ११ गतेदेखि लिखतहरू अनलाइनबाट सम्प्रेषण थालनी भएको छ ।

मालपोत कार्यालयमा रहेका लेखनदासहरूले आगामी दिनमा अनलाइनमार्फत लिखतहरू कार्यालयको वेबसाइटमा दर्ता गर्नुपर्ने र सो अनुसार कारबाई प्रक्रिया अगाडि बढ्ने मालपोतका नासु राजेश्वर साहले बताए । उनले माघ १ गतेदेखि पूर्णरूपमा अनलाइन सेवा सञ्चालन गर्नेगरी विभागीय निर्देशन अनुसार मङ्सिर ११ गतेबाट शुरू गरिएको र १२० जना लेखनदासले अनलाइन सेवाका लागि आवेदन दिएको तथा सयभन्दा बढीले प्रमाणपत्र पनि लिइसकेको बताए ।

Advertisement

उनले एकजना लेखनदासले सोबापत रु ५० हजार धरौटी राख्नुपर्ने र निजलाई दिइने कोडबाट अनलाइन फाराम भर्ने र सोही अनुसार कारबाई प्रक्रिया अगाडि बढिरहेको बताए । लेखनदासहरूले कागज प्रमाण पेश गरी यस्ता कार्य गर्दा विगतका दिनमा थुप्रै विकृति देखा परेपछि अहिले लेखनदासलाई जिम्मेवार बनाउँदै अनलाइनमार्फत सम्पूर्ण कार्य गर्नुपर्ने व्यवस्था गरिएको उनले बताएका छन् । यसले मालपोतमा लेखनदासमार्फत हुने कागजी त्रुटिहरू रोकिने र सेवा प्रभावकारी हुने बताए ।

Advertisement

यसैबीच, विभागले लेखनदासहरूलाई थप १५ दिनको समय प्रदान गरेको छ । मालपोत कार्यालय, पर्सामा ३०० भन्दा बढी लेखनदास रहेका तर १२० जनाले मात्र आवेदन दिएकाले छुट भएका लेखनदासहरूको लागि थप १५ दिनको समयसीमा प्रदान गरिएको नासु साहले बताए ।

मालपोत कार्यालय, पर्सामा अनलाइन सेवा शुरू भएपछि यहाँका लेखनदासहरूले इन्टरनेट जडान गर्ने, कम्प्युटर राखेर प्रविधिमैत्री हुँदैछन् । प्रतीक दैनिक

फाइल फोटो
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *