Categories समाचार

गोकुल बाँस्काेटाकाे घर अगाडि राखिएकाे वस्तु बम नभएको पुष्टि

Advertisement

काठमाडाैँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्व सञ्चार तथा सूचनामन्त्री गोकुलप्रसाद बास्कोटाको घर बाहिर फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ ।

आईतवार बिहान सांसद बास्कोटाको घर बाहिर फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निस्क्रय पारेको हो । सेनाले निष्क्रिय पारेको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ ।

Advertisement

भक्तपुरको लोकन्थलीस्थित सांसद बास्कोटाको घर बाहिर शंकास्पद वस्तु फेला परेपछि बम रहेको आशंकामा नेपाली सेनाको डिस्पोजल टोलीले उक्त वस्तु डिस्पोज गरेको थियो ।

Advertisement

एमाले नेता बास्कोटा गत प्रतिनिधि सभा सदस्यको निर्वाचनमा काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नम्बर २ बाट विजयी बन्नुभएको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *