काठमाडौं । सत्ता गठबन्धनको प्रमुख दल नेकपा (माओवादी केन्द्र) ले एमालेलगायतसँग ‘सरकार गठनका लागि छलफल गर्न सकिने र विकल्प खुला राखिने’ निर्णय गरेसँग कम्युनिष्ट दलको नेतृत्वमा नयाँ सरकार बन्न सक्ने सम्भावना देखिएको छ ।
माओवादी केन्द्रका पदाधिकारीको शनिबार बसेको बैठकले ‘सरकार गठन का लागि सबै विकल्प खुला राख्ने निर्णय गरेसँगै सरकार गठनको कोर्स फेरिने’ सम्भावना देखिएको हो ।
जस अनुसार एमाले र माओवादी केन्द्रकै नेतृत्वमा नयाँ सरकार बन्न सक्ने सम्भावना बढेको हो ।
एमाले र माओवादी केन्द्र मिलेर सरकार गठन प्रक्रिया थालेमा त्यसको नेतृत्व ‘एमाले अध्यक्ष केपी शर्मा ओली वा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्नेसक्ने तथा पालैपालो प्रणालीमा जानसक्ने वा त्यस्तो सरकार कम्युनिष्ट नेतृत्वको हुनसक्ने’ बताइएको छ ।







