वीरगन्ज । वीरगन्ज महानगरपालिकाकाे फोहोर व्यवस्थापन तथा अनुगमन, वृक्षारोपण र फुटपाथ व्यवस्थापन संयोजकको जिम्मेवारी महानगरले ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानलाई दिएको छ ।
महानगरपालिकालाई स्वच्छ, सुन्दर र हरीयाली वातावरण निर्माणको लागि खेतानलाई यो जिम्मेवारी दिइएको हो ।
महानगरका मेयर राजेशमान सिंहले आफ्नै कार्यकक्षमा आइतबार खेतानलाई जिम्मेवारी सुम्पदै महानगरले लिएको लक्ष्य प्राप्ती हुनेगरी काम गर्न खेतानसंग आग्रह गरे ।
नवनियुक्त संयोजक खेतानले वीरगन्ज महानगरलाई हरित शहर बनाउँदै सफा सुन्दर बनाउने अभियानमा सबैको साथ र सहयाेग आवश्यक पर्ने बताए ।







