Categories समाचार

प्रधानमन्त्री बन्न ‘प्रचण्ड’को गोप्य भेटघाट तीव्र

काठमाडौँ । आमनिर्वाचन मतपरिणाम सार्वजनिक हुने अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार गठनका लागि प्रमुख दलका शीर्षनेता आन्तरिक गृहकार्य तीव्र रूपमा जुटेका छन् ।

आगामी सरकारको नेतृत्व (प्रधानमन्त्री) बन्ने दौडमा रहेका नेपाल कम्युनिस्ट पार्टी (माओवाद केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोप्य भेटघाट तीव्रता पारेका छन् । ललितपुर खुमलटारस्थित निवासमा सोमबार प्रचण्डले नेपाल कम्युनिस्ट पार्टी (एमाले) सचिव रघुवीर महासेठसँग ‘गोप्य भेटघाट’ गरेका हुन् ।

Advertisement

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि फोन गरेर प्रचण्डलाई बधाई दिँदै ‘आगामी दिन मिलेर अगाडि बढ्न गरेको’ प्रस्तावपश्चात् ओलीनिकट नेता महासेठले गरेको ‘प्रचण्डस“गको भेटलाई अर्थपूर्ण’ रूपमा लिइएको छ ।

Advertisement

यद्यपि, महासेठले भने ‘भेटघाटमा शुभकामना साटासाट मात्रै भएको’ प्रतिक्रिया दिए । तर, एक घण्टाभन्दा बढी समय ‘गोप्य छलफल’ गरेका प्र्र्रचण्ड र महासेठको भेटघाटलाई ‘केबल शुभकामना साटासाट मात्रै भएको हो’ भन्नेमा कतिपय सशंकित छन् । ओलीनिकट नेता महासेठले प्रचण्डलाई भेट्नुको पछाडि ‘आगामी सरकार गठन’बारे छलफल भएको चर्चा छ ।

याे खबर राजधानी दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *