वीरगन्ज । भोलेन्टियर समुह वीरगन्जले “अन्तरास्ट्रिय स्वयंसेवक दिवस” सम्मान कार्यक्रम गरि मनाएको छ ।
वीरगन्जमा रहेर नियमित निस्वार्थ भावले विभिन्न क्षेत्रमा सेवा दिरहेका सामाजिक संस्था र व्यक्तिलाई समुहले सम्मान गरेको छ ।
समुहका संयोजक राजन श्रीवास्तवको अध्यक्ष्तामा भएको सो कार्यक्रमका प्रमुख अतिथि सामाजिक अभियन्ता अरबिन्द सिंहले विभिन्न संस्थाबाट सहभागी युवाहरुलाइ आफ्नो पढाइ, रोजगार र आय आर्जन गर्ने काम पछिको बचेको समयमा समाजिक कार्य गर्न सुझाव दिए । सामाजिक अभियन्ताको खोल ओढेर पैसा कमाउने सोच रहे त्याग्न अनुरोध गरे ।
समुहका किशन सरार्फले व्यवस्थापन गरेको सो कार्यक्रम राजभण्डारी कम्पलेक्समा आयोजना गरिएको थियो ।
सो कार्यक्रममा रक्तसञ्चार केन्द्र पर्साका सौरभराज पाण्डे, स्विटी चौरसिया, विकी सरार्फ, पवन यादव, राधेश्याम गुप्ता लगायत युवाजमातको उपस्थिति रहेको थियो भने कार्यक्रम सञ्चालन समुहका श्याम सरार्फले गरेका थिए ।







