Categories राजनीति समाचार

समानुपातिकतर्फका सांसद छनोट गर्न नेकपा एमाले सचिवालय बैठक बस्दै

वीरगन्ज । नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । एमालेका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले समसामयिक राजनीतिक विषयवस्तुमा छलफल गर्न बैठक डाकिएको जानकारी दिए ।

उनका अनुसार बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षालगायतका विषयमा छलफल गरिने छ ।

Advertisement

निर्वाचन आयोगले बुधबार राजनीतिक दललाई पत्र पठाउँदै समानुपातिकतर्फको सांसदको नाम पठाउन निर्देशन दिएको छ । एमालेले प्रतिनिधिसभाको  समानुपातिकतर्फ ३४ सिट प्राप्त गरेको छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *