Categories राजनीति समाचार

पार्टीभित्रको खबरदारी स्वाभाविक : सभापति लामिछाने

Advertisement

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्रको खबरदारी स्वाभाविक भएको बताएका छन् ।

भरतपुरमा पत्रकारसँग कुरा गर्दै उनले पार्टी विधि र पद्धतिभन्दा बाहिर गएर कुनै पनि निर्णय नहुने बताए । बढी मत आएकालाई छाडेर कम मत आएकाहरूलाई समानुपातिक सांसद बनाउन लागेको भन्दै बन्दसूचीमा रहेकाले रास्वपा कार्यालयमा आज विरोध प्रर्दशन गरेका थिए ।

Advertisement

सभापति लामिछानेले नेता कार्यकर्ताको विरोध नभएर नेतृत्वलाई सचेत बनाउन खबरदारी गरेको उल्लेख गरे । “हाम्रो पार्टीमा पनि पुरानै राजनीतिक अभ्यास हुन्छ कि भनेर साथीहरूले सचेत गराउनुभएको हो”, उनले भने, “ताली बजाउने र गुनगान मात्र गाउने होइन खबरदारी गर्नुपर्छ ।”

Advertisement

प्रणालीभन्दा माथि कुनै व्यक्ति नहुने भन्दै उनले समानुपातिक सांसद छनोट पारदर्शी रूपमा हुने बताए । पार्टीभित्र कोही पनि तलमाथि नभएको उल्लेख गर्दै उनले भने, “मैले नै खबरदारी गर्नुहोला भनेको छु, जे भन्छ त्यो मान्नुपर्छ भन्ने छैन, कोही आत्तिनुपर्ने पनि छैन ।”

सरकारबारे नसोचेको भन्दै उनले एजेण्डा ठूलो कुरा भएको र सरकार प्राथमिकतामा नराखेको धारणा राखे ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *