Categories शिक्षा समाचार

सामुदायिक विद्यालयमै पुगेर विद्यार्थीका समस्या बुझ्दै मेयर सिंह (फोटोफिचर सहित)

Advertisement

वीरगञ्ज । वीरगञ्ज महानगर भित्रका विद्यालयहरुको शैक्षिक अवस्था सुधारका लागि महानगरले सक्रियता देखाएको छ । निर्वाचनताका शिक्षामा आमुल परिवर्तन गर्ने मेयर राजेशमान सिंहको घोषणाबमोजिम उनले शिक्षामा जोड दिएका हुन् ।
महानगरभित्रका संस्थागत विद्यालयहरुको वर्गीकरण तथा शूल्क निर्धारण गरे लगत्तै मेयर सिंह निरन्तर सामुदायिक विद्यालयको अनुगमनमा छन् । सामुदायिक विद्यालयको शैक्षिक अवस्थालाई गुणस्तरीय र विश्वसनीय बनाउनका लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउँदै मेयर सिंहले लगातार तेस्रो दिन पनि यहाँका विभिन्न विद्यालयमा छड्के अनुगमन गरेका छन् ।

विद्यार्थीविच विभेद
मंगलवार मेयर सिंह छड्के अनुगमनका लागि सबैभन्दा पहिला वीरगञ्जको विर्तास्थित त्रिजुद्ध स्कुलमा पुगे । उपत्यका बाहिरको सबैभन्दा पहिलो स्कुलको रुपमा परिचि त्रिजुद्ध महाविर प्रसाद रघुविर राम माद्यामिक विद्यालयमा पुगेर मेयर सिंह नेतृत्वको टोलीले त्याहाँका विद्यार्थीहरुसँग साक्षात्कार ग¥यो । कक्षा १० मा पुगेर मेयर सिंहले पठनपाठनमा र समग्र विद्यालयमा भएका समस्या सम्बन्धमा प्रश्न सोधे । महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद पौडेल र महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख अर्विन्दलाल कर्णले विद्यार्थीसँग नजिकिँदै उनीहरुको सबैभन्दा मन पर्ने विषयका सामान्य जिज्ञासा र प्रश्न सोधे । सो अवसरमा अधिकांश विद्यार्थीहरुले अंग्रेजी माध्यम र नेपाली माध्यममा पढ्ने विद्यार्थीविच विभेद हुने गरेको बताए । विद्यालयमा अतिरिक्त क्रियाकलाप नहुने र भएपनि नेपाली माध्यममा अध्ययनरत विद्यार्थीहरुलाई सहभागी नगराउने गरेको उनीहरुको भनाई थियो । साथै कक्षामा अध्यापनका क्रममा फोन आएपनि मोवाइल उठाएर कुरा गर्ने गरेको त्रिजुद्ध स्कुलका विद्यार्थीले बताए । त्यसपछि कक्षा ८ र ९ का विद्यार्थीसँग मेयर सिंह नेतृत्वको अनुगमन टोलीले समस्याका बारेमा बुझेको थियो । विशेष गरी छात्राहरुको लागि शौचालयको समस्याका साथै एउटै चापाकलमा धेरै विद्यार्थीले पानी पिउनुपर्ने बाध्यता रहेको विद्यार्थीको गुनासो थियो ।

Advertisement

अनुपस्थितको संख्या धेरै
त्रिजुद्ध माविको कक्षा ९ मा जम्मा १ सय ४ जना विद्यार्थी छन् । मेयरसहित महानगरको टोली अनुगमनमा जाँदा कक्षामा जम्मा ४५ विद्यार्थी उपस्थित थिए । १ सय ४ जना भर्ना भएपनि नियमित रुपमा ७०÷८० जना मात्रै आउने गरेको विद्यार्थीहरुले बताए । मेयर सिंह, प्रमुख प्रशासकिय अधिकृत पौडेल र शैक्षिक प्रशासन महाशाखा प्रमुख कर्णले विद्यालयमा शिक्षक र विद्यार्थीहरुको हाजिरी रजिष्टार पनि चेकजाँच गरे । शिक्षकहरुको लागि विद्युतिय हाजिरी सञ्चालन गर्न मेयर सिंहले निर्देशन दिए । लगातार ३ दिनसम्म अनुपस्थित हुने विद्यार्थीको अभिभावकलाई खबर गरेर कारण सोध्नुपर्ने नियममै व्यवस्था भएको हुँदा अनुपस्थित हुनेको हाजिरीबाटै नाम हटाउन शैक्षिक प्रशासन महाशाखा प्रमुख कर्णले निर्देशन दिएका छन् ।
अनुगमनका क्रममा त्रिजुद्ध स्कुलका प्रधानाध्यापक हरेन्द्र प्रसाद कुर्मीले उपलब्ध स्रोत साधनको उचित सदुपयोग गर्दै विद्यालयको शैक्षिक गुणस्तर कायम राख्ने प्रयास गरीरहेको बताए ।

Advertisement

कन्या माविको अवैध असुली
त्रिजुद्ध स्कुलको अनुगमन सकेर महानगरको टोली वीरगञ्जको विर्तास्थित कन्या माविमा प्रस्थान गर्यो । कन्या माविको कक्षा १० मा विद्यार्थीसँगै बसेर मेयर सिंहले उनीहरुका समस्याका सम्बन्धमा जिज्ञासा राखे । समस्या सोधपुछका क्रममा कन्या माविका छात्राहरुले ३ वर्षदेखि छात्रवृतिको रकम नपाएको प्रकाशमा आयो । छात्रवृत्तिको रकमका लागि भर्नुपर्ने फारमका सम्बन्धमा पनि उनीहरु अनभिज्ञ रहेको पाइयो । साथै कुनै पनि बहानामा शूल्क उठाउन नहुने व्यवस्था भएपनि कन्या माविमा मासिक शूल्कको नाममा १ सय २५ रुपैयाँ र परीक्षा शूल्क २ सय २५ रुपैयाँ तिर्ने गरेको विद्यार्थीहरुले बताए ।

त्यसको बारेमा विद्यालयलाई चेतावनी दिँदै आगामी दिनमा शूल्क नलिन मेयर सिंहले पनि निर्देशन दिएका छन् । अर्थ शास्त्र विषयको पुस्तक अहिलेसम्म पनि ४ जना छात्राले नपाएको हुँदा तत्काल पुस्तकको व्यवस्था मिलाउने शैक्षिक प्रशासन महाशाखा प्रमुख कर्णले बताए । मेयर सिंहले घरबाटै टिपिन बक्समा खाजा ल्याउन आग्रह गर्दै होटल तथा पसलको खाजा नखान पनि विद्यार्थीहरुलाई आग्रह गरेका छन् । कन्या माविको प्रवेशद्वार नजिकैको नाला अतिक्रमणमा परेको हुँदा उक्त संरचनालाई भत्काउने कार्य पनि केही दिनमै शुरु गरिने मेयर सिंहले बताए । कन्या माविकी प्रधानाध्यापिका अनिता साहले अनुगमन टोलीलाई सहजीकरण गरेकी थिइन् ।

अनुगमन टोलीमा महानगर प्रमुख सिंहसँगै प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद पौडेल, शैक्षिक प्रशासन महाशाखा प्रमुख अर्विन्दलाल कर्ण, युवा नेता मधुसुदन चौरसियासहित सञ्चारकर्मी पनि सहभागि थिए ।

शारदा माविमा पनि समस्यै समस्या
वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ बहुअरीस्थित शारदा माविका विद्यार्थीले पनि समस्या सुनाए । अनुगमनका लागि पुगेका शैक्षिक प्रशासन महाशाखा प्रमुख अर्विन्दलाल कर्णलाई समस्या सुनाउँदै कक्षा ९ की एक छात्रले भने, ‘तपाईहरु भन्नुहुन्छ कुनै पनि शूल्क लाग्दैन, सबै शिक्षा निःशूल्क भनेर । तर हामी यहाँ कम्प्युटर शूल्क, परीक्षा शूल्क र मासिक शूल्क तिर्छाै ।’ सोही कक्षाका एक छात्रा थप्छीन्, ‘यति मात्रै हैन चरित्र प्रमाण पत्र (क्यारेक्टर सर्टीफिकेट) मा गल्ती भएको सच्याउन पनि पैँसा तिर्नुपर्छ ।’ अर्का छात्रले भने, ‘कोठामा झ्याल छैन, बत्ती छैन, शौचालय व्यवस्थित छैन, शौचालयको दुर्गन्धले कक्षाकोठामै बस्न सकने अवस्था छैन ।’

छात्रवृत्तिको रकम नपाएको गुनासो शारदा माविका छात्राहरुले पनि गरे । विद्यालयमा अतिरिक्त क्रियाकलाप कहिलै पनि नहुने विद्यार्थीहरुको भनाई थियो । पुस्तकालयको पनि व्यवस्था नभएको हुँदा त्यसका लागि पहल गरिदिन माग पनि उनीहरुले उठाएका छन् । शैक्षिक प्रशासन महाशाखा प्रमुख कर्णले अर्काे पटक आउँदा ति सबै समस्याको समाधान गर्न विद्यालयका प्रधानाध्यापक दयाकान्त झालाई निर्देशन दिएका छन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *