वीरगञ्ज । श्री शारदा माविका ८० जना विद्यार्थीलाई न्यानो लुगा वितरण गरिएको छ । राज होजियारीको सहयोगमा विधार्थीलाई न्यानो लुगा वितरण गरिएको हो ।
विद्यालयका प्रधानाध्यापक दयाकान्त झाको अध्यक्षता तथा वीरगञ्ज महानगरपालिका शैक्षिक शाखा प्रमुख अरबिन्द लाल कर्णको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा पूर्व प्राथमिक र प्राथमिक (कक्षा १ र २) का ८० जना विद्यार्थीहरुलाई न्यानो लुगा वितरण गरिएको हो ।
बढ्दै गरेको चिसो मौसमलाई मध्यनजर गर्दै राज होजियारीका सञ्चालक राज साहको सहयोगमा न्यानो लुगा वितरण गरिएको हो ।
न्यानो लुगा वितरण कार्यक्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ का वडाअध्यक्ष विजय पटेल, वडा सदस्य सद्धाम हुसैन,सञ्चारकर्मी सुर्य नारायण सुभचिन्तक लगायतको उपस्थिती रहेको थियो ।







