Categories समाचार हाइलाइट-समाचार

समन्वय नै नगरि भारतीय प्रशासनले नाका सिल गरेपछि नेपालीलाई सास्ती

Advertisement

वीरगन्ज । भारतको बिहारमा हुन गइरहेको नगरपरिषद( स्थानीय तह) को निर्वाचनका लागि रक्सौल–वीरगन्ज नाका सिल गरिएको छ ।बिहारको रक्सौल नगरपालिकामा पुष ३ गते (डिसेम्बर १८ तारिक) हुने नगरपरिषदको निर्वाचनका लागि भारतीय प्रशासनले अचानक बिहीबार दिउँसो देखि रक्सौल–वीरगन्ज नाका सिल गरेको हो ।

सीमावर्ती नेपाली प्रशासनसंग पूर्व समन्वय नै नगरि भारतीय प्रशासनले मितेरी पुलमा डाढ खसाएर नाका सिल गरेपछि वीरगन्ज–रक्सौल आउजाउ गर्ने नेपालीहरुलाई सास्ती भएको छ ।

Advertisement

पुष ३ मा हुने नगरपरिषदको निर्वाचनका लागि भारतीय प्रशासनले बिहीबार दिउँसो १ बजे देखि पुष ३ गते (डिसेम्बर १८ तारिक ) राति १२ बजे सम्म ७२ घण्टाका लागि नाका सिल गरेको हो । निर्वाचनका लागि रक्सौल–वीरगन्ज नाका ७२ घण्टाका लागि सिल गरिएको रक्सौलका जिल्ला अधिकारी (डिएम) शीर्षत् कपिल अशोकले बताए ।

Advertisement

पूर्व सूचना बिना भारतीय प्रशासनले मितेरी पुलमा फलामे ढाट नै खसाएर नाका सिल गर्दा रक्सौल–वीरगन्ज आउजाउ गर्ने नेपाल र भारत दुवै देशका नागरिकलाई सास्ती भएको हो ।

यता पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी महेश तिमल्सिनाले पनि नाका सिल बारे भारतीय प्रशासनले आफुहरुसंग कुनै पूर्व छलफल र समन्वय नगरेको बताए ।उनले बिहीबार दिउँसो एक्कासी भारतीय प्रशासनको तर्फबाट ७२ घण्टाका लागि नाका सिल गरिएको बारे सुचना सहितको पत्र आएपछि मात्र आफुहरुले पनि नाका सिल बारे जानकारी पाएको बताए ।

तिमल्सिनाले भने ,‘ यसअघि नेपालमा चुनाव हुदा हामीले भारतीय पक्षसंग समन्वय बैठक गरेर नाका सिल बारे छलफल गर्ने गथ्र्यौ , तर अहिले रक्सौलमा हुने निर्वाचनका लागि नाका सिल बारे भारतीय पक्षले हामीसंग कुनै छलफल र समन्वय गरेन , एक्कासी आज पत्र पठाएर जानकारी गरायो ।

नाका सिल बारे भारतीय पक्षबाट पत्र आएपछि अहिले साँझ जिल्ला सुरक्षा समितिको बैठक बसेर भारतीय चुनावलाई मध्यनजर गरि ७२ घण्टाका लागि वीरगन्ज नाकामा सुरक्षा व्यवस्था अझ कडा बनाउने निर्णय गरिएको जानकारी उनले गराए ।

बिहारसंग जोडिएका रक्सौल– वीरगन्ज नाका मात्रै भारतीय प्रशासनले सिल गरेको तथा जिल्लाका अन्य छोठी नाकाहरु भने सुचारु नै रहेको जानकारी पनि उनले गराए । मधेस खबर

साभार
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *