अन्जु कुमारी
वीरगञ्ज । उपकार सेवा नेपालले आज कम्बल र ह्विलचेयर सहयोग गरेको छ। दुई फरक स्थानमा आवश्यकता अनुसार कम्बल र ह्विलचेयर सहयोग गरिएको हो ।
तराईमा चिसो र सितलहर बढेका कारण वडा प्रहरी कार्यालयमा ५ थान कम्बल र आशा किरण केन्द्र वीरगञ्जमा एक थान ह्विलचेयर सहयोग गरिएको समाजिक अभियन्ता अनिशकान्त कुशवाहाले बताउनुभयो ।
यो प्रयासले केही हद्द्सम्म सहयोग हुने भएकोले कम्बल र ह्विलचेयर वितरण कार्यसुरु गरिएको संस्थाकी केन्द्रिय अध्यक्ष बिद्य्यादेबी सरावगीले बताउनु भयो।



