Categories समाचार समाज

जन्मदिनको अवसरमा अपांगता भएका दाजुभाइका लागि ह्विलचेयर सहयोग

श्याम सरार्फ

वीरगन्ज । जन्मदिनको अवसरमा समाजिक कार्य गर्नेको संख्या अहिले उल्लेखनीय रुपमा बढेर आएको छ ।

Advertisement

वीरगन्ज महानगरपालिका वडा नम्बर ९ निवासी श्री शंकर ज्वेलर्सका सञ्चालक बिनय कुमार साहले पनि आफ्नो ३६ औं जन्मदिनको अवसरमा अपांगता भएको दाजुभाइलाई ह्विलचेयर सहयोग गरेका छन् ।

Advertisement

पर्सा जिल्लाकै बिकट ठाँउ ठोरी गाँऊपालिका वार्ड न. ३ ओम शान्ति टोल निवासी कुमार मोक्तागका दुई छोर शारीरिक अपांगता भएका दाजु भाई २० बर्षीय जीत बहादुर मोक्तांग र १२ बर्षीय भीम बहादुर मोक्तांग लाई घर मैं पुगी ह्विलचेयर उपलब्ध गराइएको समाजिक अभियन्ता प्रकाश थारुले जानकारी गराए ।

स्थानीय वडाका वार्डअध्यक्ष शम्भू खड़का तथा समाज सेवी रामशरण खवास लगायत स्थानीय बुद्धिजीबीहरु को समेत उपस्थिति रहेको थियो !

Leave a Reply

Your email address will not be published. Required fields are marked *