Categories समाचार

घडेरी खन्दा भेटियो पुरानो हतियार तोपगोला

वीरगन्ज । पाल्पा  जिल्लाको  सदरमुकाम  तानसेनमा  दुई÷तीन सय वर्षअघिको युद्धमा प्रयोग भएका हुन सक्ने  तोपका गोला’  फेला  परेका  छन्  ।  तानसेन  नगरपालिकाको वडा नंं. ४ स्थित पुरानो गोलाखानामा (हाल  पाल्पा  अस्पताल  नजिक)  भीमसेन  थापाको  पालादेखि राणाकालसम्म प्रयोग हुने हतियार तोपका गोला भेटिएको हो ।

नेपाली सेनाले पाहुनाघर (गेस्ट हाउस) बनाउन घडेरी  खन्ने  क्रममा  गोलाखानामा  पुरानो  हतियार  तोपगोला  भेटिएको  हो  ।  पाल्पामा  नेपाली  सेनाको  पल्टन स्थापना भएदेखि नै गोलाखाना (तोपका गोला बनाउने  स्थान)  सञ्चालनमा  रहेको  थियो  ।  उक्त  गोलाखाना प्रजातन्त्र स्थापना भएपछि बन्द भएको बताइएको छ ।

Advertisement

यो समाचार गोरखापत्र दैनिकमा छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *