श्याम सरार्फ
वीरगन्ज । नेपाल नेत्र ज्योती संघ पर्साको आयोजनामा निशुल्क आँखा परिक्षण शिविरको आयोजना भएको हो ।
पर्सा शाखाको सभापति श्रीमती मधुराणाको अध्यक्षतामा आयोजना भएको आँखा परिक्षण शिविरको प्रमुख अतिथि केन्द्रिय उपाध्यक्ष श्याम कुमार पोखरेलले आँखा जाच गराउन आउने बिरामीलाई पुर्जी हस्तान्तरण गरि कार्यक्रमको शुभारम्भ गर्नु भएको हो ।
आँखा जाच शिविर तेजारथटोल मेनरोड सघको कार्यालयमा ४ बजे सम्म संचालन रहने भएकोले आँखाको समस्या भएकाहरुलाई शिविरको लाभ लिन राजन श्रीवास्तवले जानकारी गराए ।
कार्यक्रममा पाल्नु हुने सबै अतिथी एवं बिरामीहरुलाइ सभापति श्रीमती मधुराणाले धन्यवाद दिनु भएको छ ।
कार्यक्रममा नेपाल नेत्र ज्योति संघका भगवती प्रसाद चौधरी, मदन प्रसाद गुप्ता, सचिव गणेश शाह, उमेस गुप्ता, सन्तोस जैसवाल, मधुसूदन उपाध्याय, राजन श्रीवास्तव, चिकित्सकहरु लगायतको उपस्थिति रहेको थियो ।



