वीरगन्ज । विश्व स्वास्थ्य संगठनले चीनमा कोभिड–१९ को नयाँ लहरको बीचमा अस्पतालहरू बिरामीले भरिएको बताएको छ ।
डब्ल्यूएचओका आपतकालीन प्रमुख डा. माइकल रायनले अधिकारीहरूले बिरामीको सङ्ख्या कम बताइरहेको त इन्टेन्सिभ केयर युनिट्स (आइसीयू) भरिएको छ ।
चीनको तथ्यांकले बुधवार कोभिडबाट कसैको मृत्यु नभएको देखाएको छ, तर महामारीको वास्तविक प्रभावमा शंका छ ।
चीनमा कोरोना महामारी बढेसँगै राजधानी बेइजिङ र अन्य सहरका अस्पतालमा पछिल्लो समय बिरामीको संख्या बढेको छ ।
सन् २०२० देखि चीनले तथाकथित शून्य कोभिड नीति अन्तर्गत विभिन्न स्वास्थ्य प्रतिबन्धहरू लगाएको छ ।
तर, यसले नीतिको अर्थतन्त्रमा पारेको दुष्प्रभावलाई हेरेर सरकारले दुई साताअघि केही नियमहरू पनि खुकुलो पारेको छ ।
कोरोना संक्रमितको संख्या बढेको छ । यससँगै वृद्धवृद्धामा मृत्यु हुनेको संख्या बढ्ने डर पनि उत्पन्न भएको छ ।
यो अवस्थाका बाबजुद चीनको आधिकारिक तथ्यांक अनुसार मंगलबार पाँच र सोमबार दुई जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
डाक्टर रायनले चीनलाई कोरोना महामारीको वर्तमान अवस्थाबारे जानकारी दिन आग्रह गरेका छन् ।
उनले भने, ‘चीनमा आईसीयूको संख्या निकै कम रहेको बताइए पनि यथार्थमा आईसीयू भरिँदै गएको छ ।’
‘हामी हप्तौँदेखि भन्दै आएका छौं कि सार्वजनिक स्वास्थ्य र सामाजिक दूरी मात्रै मार्फत् यो अत्यधिक संक्रामक भाइरसलाई पूर्ण रूपमा रोक्न धेरै गाह्रो छ ।’
डा. रायनले जेनेभामा भने, ‘खोप नै यसबाट बच्ने उपाय हुन सक्छ ।’ एजेन्सी







