Categories समाचार

पर्सा : मोटरसाईकल चोरीमा संलग्न ४ जना पक्राउ

Advertisement

वीरगञ्ज ।  जिल्ला प्रहरी कार्यालय पर्साले मोटरसाईकल चोरीमा संलग्न ४ जनालाई पक्राउ गरेको छ ।

गएको शनिबार दिउँसो घण्टाघरबाट मोटरसाइकल चोरी गर्दै गर्दा पक्राउ परेका वीरगञ्ज २६ का रामप्रवेश पटेलको बयानका आधारमा अन्य ३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Advertisement

पटेलले घण्टाघर नजिकै दुरसञ्चार कार्यलय अगाडी पार्किङ गरेको प्र.२–०३–००७ नम्बरको मोटरसाईकल मास्टर साँचोको प्रयोग गरेर चोरी गरेर भाग्दै गरेको अवस्थामा वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक विशाल मल्लको टोलीले त्यही दिन नियन्त्रणमा लिन सफल भएको थियो ।

Advertisement

विर्ता प्रहरी प्रमुख मल्ल नेतृत्वको टोलीले सूचना पाउने बित्तिकै खोजी तथा अनुसन्धान तिव्र बनाएर सोही दिन मोटरसाइकल चोरीमा संलग्न व्यक्तिलाई पक्राउ गर्न सफल भएको हो । 

पक्राउ परेका पटेलले दिएको बयानका आधारमा खोजतलास गर्दा विभिन्न मिती र स्थानबाट चोरी गरिएका ८ वटा मोटरसाईकलसहित अन्य ३ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

पक्राउ पर्नेमा २० वर्षीय पटेलसहित सोही ठाउँका २६ वर्षीय अशोक पटेल, वीरगञ्ज २४ का २० वर्षीय आकाश तिवारी र भारत विहारको पूर्वी चम्पारण रतनपुरका १९ वर्षीय शिवम पाण्डे रहेका छन् । 

प्रवक्ता गिरीका अनुसार उनीहरुको साथबाट ना ५२ प ५०२४, ना २७ प ७८४७, ना ११ प ११२१, ना ५३ प ७१०६, ना ३७ प ९८१८, ना ४६ प ८६२७ र म.प्र.०३–००८ प ७१८६ नम्बरको मोटरसाईकल फेला परेका छन् ।

पक्राउ परेका चारै जनालाई चोरी सम्बन्धि कसुरमा कारबाही अघि बढाइएको पनि उनले बताए । फेला परेका मोटरसाईकल अहिले जिल्ला प्रहरी कार्यालयमा रहेकाले यहाँ रहेका मोटरसाईकलको नम्बरका आधारमा हराएका सवारी धनीले जिल्ला प्रहरी कार्यालयमा आवश्यक कागजातसहित सम्पर्क राख्न पनि उनले आग्रह गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *