Categories समाचार

बिल भन्दा बढी सामान लोड रहेको ट्रक विर्ता प्रहरीको नियन्त्रणमा

Advertisement

श्याम सरार्फ

वीरगञ्ज । बिल भन्दा बढी औषधी, लत्ताकपडा तथा खुद्रा सामाग्रीहरू लोड रहेको ट्रक वडा प्रहरी कार्यालय विर्ताले नियन्त्रणमा लिएको छ।

Advertisement

वीरगञ्ज महानगरपालिका वडा नं.१० ग्रिन सिटी चोक स्थित सडकखण्डमा प्र.२-०३-००१ ख ३६९४ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा नमस्ते कार्गो ट्रासपोर्टबाट पठाईएको ट्रकमा विल बिजक संकास्पद देखिएको हुँदा उक्त ट्रक नियन्त्रणमा लिइएको हो ।

Advertisement

ट्रक वीरगञ्जबाट कास्कीतर्फ गईरहेको सुचना पाएपछि वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको टोलीले हिजो राती अन्दाजी ०१:०० बजे पक्राउ गरिएको विर्ताका प्रमुख, प्रहरी निरीक्षक विशाल मल्लले जानकारी गराए ।

सो ट्रक भित्र अन्दाजी मुल्य रु. ५५,१२,५३१ ।- ( पचपन लाख बाह्र हजार पाँच सय एकतिस ) बराबरको खुद्रा, लत्ताकपडा तथा औषधीजन्य सामाग्रीहरू फेला परेकाले थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आज राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरीले जनाएको छ

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *