Categories समाचार

महानगरले हटायो घण्टाघर चोकमा गुजुल्टिएका तार

Advertisement

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले घण्टाघर क्षेत्रमा अव्यवस्थित रुपमा रहेको तार काटेर हटाएको छ । नगरभित्र रहेका अव्यवस्थित तार व्यवस्थापन गर्ने अभियान अनुरुप महानगरले विद्युत तथा टेलिकमको पोलमा गुजुल्ट्याएर राखिएका तार काटेर हटाएको हो ।

महानगरमा सेवा प्रवाह गर्दै आएका इन्टरनेट तथा केवल टिभीका प्रतिनिधिसहित महानगरको टोलीले घण्टाघर चोकदेखि जिल्ला प्रहरी कार्यालय अगाडीसम्मको बायाँतर्फको पोलमा रहेको अव्यवस्थित तार हटाएको हो ।

Advertisement

जथाभावी टांगिएका तारका कारण नगरको सौन्दर्यता विग्रिनुका साथै दुर्घटनाको सम्भावना समेत देखिएकाले व्यवस्थित गर्न महानगरले सेवाप्रदायकलाई सँगै लिएर व्यवस्थापन गर्न थालेको हो ।

Advertisement

यसअघि टोलीले आदर्शनगर क्षेत्रका पोलहरुमा टांगिएका तार काटेर हटाएको थियो । महानगरका मेयर राजेशमान सिंहले नगर क्षेत्रका अव्यवस्थित तार हटाउन निर्देशन दिएसँगै तार व्यवस्थान गर्ने अभियान अघि बढेको हो ।

मंगलबार अव्यवस्थित तार हटाउन इन्टरनेट सेवा प्रदायक संस्थाहरु वल्र्ड लिंक, सिम टिभी, डिस होम, एनटीसी, भायोनेटका प्रतिनिधि सहभागि रहेको महानगर आइटी शाखाका बृजेश प्रधानले जानकारी दिए ।

‘विद्युत तथा टेलिकमका पोलहरुमा गुजुल्टिएर राखिएका तार काट्ने अभियानमा सबै सेवाप्रदायकलाई पटक पटक खबर गरेर काम गरेका हौँ,’ प्रधानले भने, ‘अहिले धेरै जसो सेवा प्रदायक सँगै सहभागिता जनाइरहेका छन् ।’

यस्तै महानगरले एक सूचना जारी गर्दै अहिले अभियान चलाएर तार व्यवस्थित गर्ने काम गरिरहेको र आउँदा दिनमा तार लगाउँदा तोकिएको व्यवस्था अनुसार मात्रै लगाउन सूचित गरेको छ । जथाभावी तार नलगाउन चेतावनी दिँदै महानगरले त्यसो गरे हटाइदिने पनि जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *