श्याम सरार्फ
वीरगञ्ज । जाडो र शितलहर बाट बचन मुसहर बस्तीमा कम्बल वितरण गरिएको छ ।
राउंड टेबल नेपालद्वारा पर्सा जिल्लाको जीराभवानी गाउपालिका वडा नम्बर ३ सहजानपुर मुसहर बस्तीको अति विपन्न, एकल महिला, असक्त, अपाङलाई शितलहरको बेलामा जाड़ो बाट बच्न कम्बल सहयोग गरिएको हो ।
संस्थाका पदाधिकारीहरु बस्तीमैं पुगी ३० जनालाई न्यानो कम्बल उपलब्ध गराएको समाजिक अभियन्ता प्रकाश थारुले जानकारी गराए ।
सो कार्यक्रममा संस्थाका सदस्य मनीष लाठ, डिप्ल खन्ना, दीपक अग्रवाल, मोहित राजपाल, आकाश सर्राफ, शुभम रूंगटा, स्थानीय बुद्धिजीबी जयनारायण चौधरी, बिहारी राय, नेकपा माओबादिको जिल्ला अध्यक्ष बिजय महतो, स्थानीय प्रहरी लगायतको उपस्थिति रहेको थियो ।







