Categories समाचार

वीरगञ्जमा ‘दिलमाया २’ को विशेष प्रदर्शनी

Advertisement

वीरगञ्ज । वीरगञ्जस्थित त्रिमुर्ती सिनेमा हलमा सोमवार ‘दिलमाया २’ को विशेष शो प्रदर्शन गरिएको छ । आगामी चैत्र १७ गतेदेखि देशैभर प्रदर्शन हुने निर्देशक राजु गिरीद्वारा निर्देशित ‘दिलमाया २’ को सोमवार बिशेष प्रदर्शनी गरिएको हो ।

विशेष शोकै लागि नेपाली समाजको कथालाई चित्रण गरिएको चलचित्र ‘दिलमाया २’ को टोली वीरगञ्ज पुगेको छ । विशेष शोको उद्घाटन गर्दै पर्सा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य राजकुमार गुप्ताले चलचित्रले समाजको रहनसहन, रिती संस्कृतिको जगेर्नाका साथै विकृति विंगतीविरुद्ध जागरुप बनाउने बताए ।

Advertisement

राजु गिरीले निर्देशन गरेको ‘दिलमाया २’ मा पनि समाजकै कथावस्तु भएको बताउँदै नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका गुप्ताले तराई क्षेत्रमा व्याप्त दाइजो प्रथाको यथार्थलाई चलचित्रले उतार्न सफल भएको बताए । यस्तै सामाजिक कथावस्तुमा आधारित जनचेतनामुलक चलचित्रमार्फत मानिसको मानसिकता बदल्न सकेमा मात्रै चलचित्र सफल हुने सांसद गुप्ताको बुझाई छ ।

Advertisement

उनले भने, ‘चलचित्र राम्रो हुनका लागि कथा वास्तविक हुन जरुरी छ, बनावटी र देखावटी नगरेर आफ्नै समाजलाई चित्रण गरी सही सन्देश दर्शकलाई दिन सकेमा चलचित्र चलेन भन्ने अवस्था आउँदैन ।’

निर्देशक राजु गिरीका अनुसार यस चलचित्रले पनि समाजकै कथावस्तुलाई बोकेको छ । छोरा र छोरीबिचको विभेदलाई यस चलचित्रमार्फत चिर्न खोजीएको निर्देशक गिरीले बताए ।

राजु गिरी प्रोडक्सनको व्यानरमा निर्मित चलचित्रका कलाकार नारायण खातीले महिला पनि पुरुष सरह हुन् भन्ने सन्देश यस चलचत्रिले प्रवाह गर्न खोजेको प्रकाश पारे । वीरगञ्जमा यसअघि आएपनि सिनेमा हलमा पहिलो पटक आएको सुनाउँदै खातीले भने, ‘यो बिशुद्ध रुपमा सामाजिक विषयवस्तुमा आधारित चलचित्र हो, यसबाट हामीले युवाहरु कुलतमा फस्तु हुँदैन, आफ्ना अभिभावकसँग कस्तो व्यवहार गर्नुपर्छ भन्नेदेखि लिएर सासु बुहारीको सम्बन्ध आमा छोरी जस्तै हुनुपर्छ भन्ने सन्देश पनि दिन खोजेका छौँ ।’

‘दिलमाया २’ मा पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ६ निवासी मिठु मार्किन नायकको भूमिकामा छन् । भोजपुरी समुदायका मार्किनले यही चलचित्रबाट ठूलो पर्दामा डेब्यु गरेका छन् । २७ वर्षीय मार्किनले यसअघि प्रयास, नआईज निन्द्रे, म्याड लभ लगायतका म्युजिक भिडियोका साथै शर्ट मुभी ईतिमा पनि अभिनय गरीसकेका छन् ।

मिठुसँगै यही चलचित्रबाट सेञ्जल पौडेलले पनि डेब्यु गरेकी छिन् । उनी यस चलचित्रमा नायिकाको भूमिकामा छिन् । सानै उमेरमा थुप्रै रहर र चाहना भएपनि पारिवारीक अवस्थालाई बुझ्न सक्ने र आफ्ना रहरलाई दबाउन सक्ने पात्रको रुपमा उनले अभिनय गरेकी छिन् ।

चलचित्र निर्देशक किरण नेपाली पनि यस फिल्ममा प्रमुख भूमिकामा छन् । बरालिएर हिँड्ने साथिको लहलहैमा लागेर बिग्रिएको स्वभाव उनको पात्रमा देखिन्छ । यी कलाकारसँगै निर्देशक गिरीले पनि यसमा अभिनय गरेको देख्न पाइन्छ । साथै सविन बास्तोला, अस्मिता बस्नेत, हिरा देवि श्रेष्ठ, माया श्रेष्ठ, काजल गिरी, कंगना गिरी, कमल वली लगायतका कलाकारको अभिनय रहेको छ । निर्देशक राजु गिरीको नै लेखन तथा निर्देशनमा रहेको ‘दिलमाया २’ का दृश्यहरुलाई विष्णु मिराकर र सुस्मिता खत्रीले छायांकन गरेका छन् ।

खुम बहादुर सुनार र संगीता खत्रीले सम्पादन गरेको सिनेमालाई शंकर गिरी, पुर्णकला गिरी र सरिता गिरीले मिलेर निर्माण गरेका हुन् । सिनेमामा भिष्मराज फुलाराको गीत रचना, अर्जुन पोखरेल र राजेन्द्र बजगाईको संगीत, रामजी लामिछानेको नृत्य निर्देशन र देव महर्जनको द्धन्द्व निर्देशन रहेको छ ।

यसअघि काठमाण्डौमा पनि यसको विशेष प्रदर्शन गरिएको थियो । वीरगञ्जमा पनि सकिएसँगै यही पुष २५ गते हेटौडामा पनि विशेष शो प्रदर्शन गरिने चलचित्रका निर्देशक गिरीले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *