Categories शिक्षा समाज

चिसो बढेसगैं वीरगञ्ज नगरभरिका विद्यालय २२ गतेसम्म बन्द

Advertisement

अन्जु कुमारी

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले पनि नगरभरिका विद्यालयमा विदा दिएको छ ।

Advertisement

चिसो र हुस्सुका कारण अचानक शितलहर बढेपछि वीरगञ्ज महानगरपालिकाले पनि भोलीदेखि शुक्रबारसम्मका लागि विद्यालयमा विदा दिएको हो ।

Advertisement

महानगरको शैक्षिक प्रशासन महाशाखाका प्रमुख एवम् निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले सोमबार साँझ एउटा सूचना जारी गर्दै नगरभित्र सञ्चालित सम्पूर्ण सामुदायिक र संस्थागत (निजी) विद्यालयमा भोलीदेखि शुक्रबारसम्मका लागि विदा दिइएको जनाएका छन् ।

कर्णले जारी गरेको सूचनामा मौसम प्रतिकुलताका कारणबाट बालबालिकाहरुलाई नियमित विद्यालयमा पठनपाठन गर्न असहज हुँदै गएकोले मिति २०७९ पुष १९ गते मंगलबारदेखि २०७९ पुष २२ गते शुक्रबारसम्मका लागि हिउँदे विदाबाट कट्टा हुनेगरी विद्यालयमा पठनपाठन मात्र स्थगित गरिएको उल्लेख छ ।

यद्दपी पुनश्य: मौसम अनुकूल भए पश्चात पठनपाठन पुन: सूचारु हुने पनि सूचनामा उल्लेख छ ।

यसअघि बारा जिल्लाको कलैया उपमहानगरपालिकाले पनि शुक्रबारसम्मका लागि सम्पूर्ण विद्यालय बन्द गरेको छ । 

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *