श्याम सरार्फ
वीरगञ्ज । फोर जि आर संस्थाले सम्मान जनक भावले रू ५ मै खाना खुवाउने अभियानलाइ २२ औं सप्ताह पनि निरन्तरता दिएको छ ।
यस संस्थाले “घरको खाना सबैको चाहना” भन्ने नारा सहित हरेक साताको एक दिन ( सोमबार ) रु ५ मै खाना खुवाउने अभियान र रु ५ मै कपडा पनि घंटाघरको छेउमा रहेको पार्क अगाडि स्टल राखेर खाना र कपडा वितरण गरेको छ ।
कसैको सम्मानमा ठेस नपुर्याइ भोक मार्ने र कपडा लगाउने उदेश्य सहित साताव्यापी कार्यक्रम अनुसार यस अभियानलाई निरन्तरता दिइएको हो ।
तैयार पारिएका खानाको डब्बा, पानीको बोतल र कपडा स्टल राख्नासाथ केही बेरमा सकिएको संस्थाका सदस्य अनिशकान्त कुशवाहाले जानकारी गराए ।
संस्थाका सदस्यहरू तथा सहयोगी हातहरुले आ आफ्नै घरबाट खानाको डब्बा बनाएर ल्याउने गरेकोमा यो हप्ता व्यवसायी राजेश अग्रवालले १०० प्याकेट तयारी खानाको डब्बा संस्थालाई उपलब्ध गराएका थिए ।
न्युन शुल्कमा खाना र पानी उपलब्ध गराउदै आएको संस्थाले कपड़ा बैंक आदर्शनगरको सहयोगमा ५ रुपैया मै कपडा पनि उपलब्ध गराउन थालेछ ।
सम्पर्ण सेवा संस्थाले निशुल्क उपलब्ध गराएको भवनमा सेवा दिदै आएकोमा आज वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक विशाल मल्ल, कृष्ण कुशवाहा, अफसाना खान,सोनी अग्रवाल र अनिसकान्त कुशवाहा समेतको उपस्थिति रहेको थियो।







