Categories समाचार

पाल्पा : बस दुर्घटनामा ६ जनाको मृत्युु, १८ जना घाईते

Advertisement

वीरगन्ज । पाल्पामा भएको बस दुर्घटनामा ६ जनाको ज्यान गएको छ । दुर्घटनामा १८ जना घाईते भएका छन् । रैनादेवि छहरा गाउँपालिका वडा नम्बर ८ खुर्सानेमा भएको दुर्घटनामा ६ जना महिलाको ज्यान गएको हो ।

रुपन्देहीको सालझण्डीबाट पाल्पाको खुर्सानेका लागि छुटेको यात्रुवाहक बस  गएराती १० बजेतिर मधुवन टारीफाँट नजिकै राधादी गैरामा दुर्घटना भएको स्थानीयले जनाएका छन् ।

Advertisement

ग १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा खुर्साने गाउँका खेमकुमारी राना, निर्मला घिमिरे, सुरुमा घिमिरे, कमला खत्री र गुनी गाहाको ज्यान गएको वडा नम्बर ८ का वडा अध्यक्ष रेमबहादुर रानाले जानकारी दिए । मृतक एकजनाको पहिचान भएको छैन ।

Advertisement

बस सडकबाट करिब ६० मिटर तल भिरमा खसेको प्रहरी चौकी जुठापौवाका बरिष्ठ हवल्दार लिलाबहादुर केसीले बताए । दुर्घटनाका घाईते १८ जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको स्थानीय पत्रकार भुवन रायमाझिले जानकारी  दिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *