Categories समाचार

चीसो बढेसँगै पर्सामा वनजङ्गलको फँडानी बढ्यो

Advertisement

पर्सा । चीसोमा सबैभन्दा बढी वनजङ्गलको क्षति हुने गरेको छ ।

चीसोका कारण ज्याला मजदूरी गर्नेहरूले काम नपाउने, विद्यालयहरू बन्द भएर बालबालिकाहरू घरमा बस्ने र घरमा रहेका महिला, पुरुषहरू पनि चीसोबाट जोगिन दाउरा कटान गर्न वनजङ्गल पस्ने गर्छन् ।

Advertisement

चीसो मौसमको फाइदा उठाउँदै तस्करहरू पनि वन फडानीमा सक्रिय हुने गरेका छन् । घरायसी प्रयोजनका लागि वनकर्मीहरू अलि उदार हुने गरेका कारण यसको बढी फाइदा तस्करहरूले लिने गरेका छन् ।

Advertisement

अहिले वनजङ्गल क्षेत्रका मानिसहरू घरायसी प्रयोजनका लागि दाउरा सङ्कलन गर्न, चौपाया पशुका लागि रूखको हाँगा लिनका लागि वनजङ्गल पस्ने गरेका छन् ।

चीसोमा वन गस्ती पनि कम हुने भएकोले तस्करहरू अहिले बढी सक्रिय भएको स्थानीयले बताए ।

सांकेतिक तस्बिर
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *