Categories समाचार

खुला ठाउँमा रात बिताउन बाध्य विपन्नलाई साहिब दरबारको न्यानो कपडा

Advertisement

वीरगञ्ज । कठ्याङ्ग्रिँदो चिसोबाट बच्न साहिब दरबार सेवा सस्थानले वीरगञ्ज सडक पेटीमा रात विताउन बाध्य विपन्नहरुलाई न्यानो कपडा उपलब्ध गराएको छ ।

संस्थानले सडक पेटीमा रात गुजार्न बाध्य भएकाहरुलाई शुक्रबार राति सुतिरहेकै ठाउमा पुगेर कम्बल उपलब्ध गराएको हो । 

Advertisement

वीरगञ्जको माइस्थान, घण्टाघर, आदर्शनगर, बसपार्क, छपकैया, विर्ता लगायतका स्थानमा खुला आकासमुनी र सडक पेटीमा सुतिरहेका करिब ३० जनालाई न्यानो कपडा उपलब्ध गराइएको हो ।

Advertisement

बढ्दो शीतलहरीका कारण कठ्याग्रिदो चिसो बढेकाले
चिसोकै कारण कसैले ज्यान गुमाउन नपरोस भन्ने अभिप्रायले न्यानो कपडा उपलब्ध गराइएको संस्थानका अध्यक्ष उमेशलाल सहनीले बताए ।

विशेषगरेर रिक्सा, ठेला चालक तथा विपन्न व्यक्तिहरु सडक पेटीमै रात गुजार्न बाध्य छन् ।

रातको समयमा चिसो झनै बढ्ने भएकाले सडक पेटी र खुला स्थानमा रात बिताउन बाध्य ब्यक्तिहरुको जीवन रक्षाका लागि आफुहरुले न्यानो कपडा उपलब्ध गराउन थालेको संस्थानका रुपेशमान सिंहले बताए ।

शुक्रबार पहिलो दिन खुला ठाउँमा रात बिताउन बाध्य ३० जनालाई न्यानो कपडा उपलब्ध गराइएको र आउँदा दिनमा पनि यो अभियानलाई निरन्तरता दिने उनले बताए ।

जाडोबाट बच्न वीरगञ्ज महानगरपालिकाले विभिन्न स्थानमा दाउरा वितरण गरी आगो ताप्ने व्यवस्था नै गरेको छ ।

केही दिनदेखि घाम नलाग्दा यहाँको तापक्रम दिनहुँ घट्दै गएको छ । आज वीरगंजको तापक्रम ७ डिग्रीमा सेल्सियसमा झरेको छ ।   

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *