काठमाडौं । नेकपा एमालेले आगामी सांसदको बैठकमा कसरी प्रस्तुत हुने विषयमा आफ्ना सांसदहरुलाई आजदेखि प्रशिक्षण दिँदैछ । प्रतिनिधिसभामा निर्वाचित आफ्ना सांसदहरुलाई एमालेले प्रशिक्षण दिन लागेको हो ।
प्रशिक्षण कार्यक्रम नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा १ बजेबाट सुरु हुने बताइएको छ ।
संसदीय दलको नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले दिने प्रशिक्षण आज र भोलिसम्म संचालन हुनेछ ।
खासगरी २५ गतेबाट प्रतिनिधिसभाको यो कार्यकालको पहिलो बैठक संचालन हुँदैछ । सोही बैठकका लागि यो तयारी थालिएको हो ।
प्रशिक्षण कार्यक्रममा पूर्वसांसद र बहालवाला सांसदहरूले अनुभव सुनाउने तथा अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम पनि तय भएको बताइएको छ ।







