Categories राजनीति समाचार

प्रधानमन्त्री प्रचण्ड र डा. भट्टराईबीच भेटवार्ता, पार्टी एकता बारे कुराकानी

Advertisement

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न अध्यक्ष भट्टराई शनिबार प्रधानमन्त्री निवास वालुवाटार पुगेका हुन् । उनीहरुबीच पार्टी एकताको विषयमा कुराकानी भएको बुझिएको छ ।

Advertisement

स्रोतका अनुसार निर्वाचन अघि पार्टी एकताको विषयमा भएको विषयलाई निरन्तरता दिइएको हो ।

Advertisement

अब पार्टी एकताको प्रक्रियालाई अघि बढाउने विषयमा उहाँहरुबीच छलफल भएको हो । त्यस्तैगरी उनीहरुबीच समसामयिक राजनीतिक विषयमा पनि कुराकानी भएको बताइएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *