Categories समाचार

गुणस्तरहीन घ्यु सहित एक जना पक्राउ

Advertisement

श्याम सरार्फ

वीरगञ्ज ।  पर्सा प्रहरीले गुणस्तरहीन घ्यु सहित एक जनालाई पक्राउ गरेको छ । विशेष सुचनाको आधामा जिल्ला प्रहरी कार्यालय पर्सा र मातहत कार्यालय समेतबाट खटेको प्रहरी टोलीले सर्लाहीको विष्णु गा.पा.वडा नं.८ बत्रौलका ४४ वर्षिय राजेश कुमार रायलाई पक्राउ गरेको हो ।

Advertisement

रायले वीरगञ्ज,महानगरपालिकाकाे वडा नं. १६ स्थित आफ्नै घरमा संचालन गरेको श्री गणपती रिपैकिङ उद्योग, गणपती पूजा समाग्री रिपैकिङबाट मिसावट गरी तयार पारिएको घ्युहरु बरामद गरिएको जिल्ल्ल प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Advertisement

प्रहरी टोलीले गुणस्तरहीन घ्यु सहित रायलाई नियन्त्रणमा लिइ नापतौल तथा गुणस्तर कार्यालय वीरगंज र जिल्ला प्रशासन कार्यालय पर्सासंग समन्वय गरी थप अनुसन्धान कार्य गरिरहेको जनाइएको छ ।

प्रहरीले रायको घरबाट २० किलो तौलमा प्याकिङ गरिएका डाल्डा घ्यू २ हजार २ सय ६० लिटर र बिभिन्न तौलमा प्याकिङ गरिएको मिसावट घ्यू ६ सय १३ लिटर बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरि नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *