Categories समाचार

५ वर्षीय बालकको घाँटीमा गुच्चा अड्किएर मृत्यु

Advertisement

हेटौंडा । मकवानपुरको एक बालकको घाँटीमा गुच्चा अड्किएर मृत्यु भएको छ । शुक्रबार साँझ जिल्लाको मनहरी गाउँपालिका-९ ज्यामिरेमा भारतको जम्भुकटुवा घर भएका हाल मनहरीको ज्यामिरेमा सिलौटाको काम गरि बस्ने राम कुमार दासको ५ वर्षीय छोरा राम दासको खेल्ने क्रममा मुखमा गुच्चा अड्किएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

बालकको घाँटीमा गुच्चा अड्किएपछि सास फेर्न असहज भएपछि उपचारको लागि चितवनस्थित भरतपुर सरकारी अस्पतालमा पुर्‍याइएको थियो ।

Advertisement

अस्पताल पुर्‍याउन साथ डाक्टरले बालकलाई मृत घोषणा गरेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *