Categories समाचार

विद्युत सवस्टेशनको पर्खाल खस्दा एक मजदुरको मृत्यु

Advertisement

बारा । बारामा विद्युत सवस्टेशनको पर्खाल खस्दा एकजनाको मृत्यु भएको छ ।

बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–२३ मा रहेको विद्युत प्राधिकरणको सवस्टेशनको पर्खाल खस्दा काभ्रेको पनौती नगरपालिका–९ का ३० वर्षीय सुनिल राईको मृत्यु भएको प्रहरीले जनाएको छ।

Advertisement

ठेक्कामा काम गर्ने राईले कन्ट्रोल रुमको पर्खालको इँटा फुटाउने क्रममा पर्खाल खस्दा उनी घाइते भएका थिए।

Advertisement

उपचारको लागि उनलाई अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *