Categories विदेश समाचार

विमानमा ७२ वर्षीया महिला यात्रुमाथि पिसाब फेर्ने एक भारतीय पक्राउ

Advertisement

नयाँ दिल्ली । एयर इन्डियाको विमानमा सहयात्रीमाथि पिसाब गरेको आरोपमा अमेरिकी बैंकिङ कम्पनी वेल्स फार्गोका बर्खास्त कार्यकारीलाई पक्राउ गरिएको प्रहरी प्रवक्ताले शनिबार जानकारी दिएका छन् ।

गत नोभेम्बर २६ मा न्युयोर्कबाट नयाँ दिल्ली जाने क्रममा रक्सीको नशामा डुबेका मिश्रले आफ्नो पाइन्ट खोलेर बिजनेस क्लासमा बसेकी ७२ वर्षीया महिलामाथि पिसाब गरेको आरोप लागेको थियो ।

Advertisement

गत नोभेम्बरमा भएको घटनाबारे एक वृद्धाले एयरलाइन्सको व्यवस्थापनलाई जानकारी गराएपछि बैंकको भारतीय कारोबार सेवाका पूर्व उपाध्यक्ष शंकर मिश्र प्रशासनबाट फरार रहँदै आएका थिए।

Advertisement

भारतीय सञ्चारमाध्यमका अनुसार मिश्रले आफ्नो फोन स्विच अफ गरेका थिए तर सामाजिक सञ्जालमा आफ्ना साथीहरूसँग सम्पर्कमा रहँदै आएका थिए। उनले भारतको बेङ्ग्लोरमा क्रेडिट कार्डबाट रकम लेनदेन पनि गरेको पाइएको थियो । यिनै प्रमाणका आधारमा उनलाई प्रहरीले पक्राउ गर्न सफल भएको थियो ।

उनलाई राजधानी नयाँ दिल्ली ल्याई आरोपहरूको अनुसन्धान गरिने प्रहरीदे जनाएको छ । दिल्लीका एक प्रहरी प्रवक्ताले मिश्रलाई पक्राउ गरिएको पुष्टि गर्दै एएफपीसँग अन्य विवरण प्रहरी अनुसन्धानपछि प्राप्त हुने बताएका थिए।

वेल्स फार्गोले आफ्ना कर्मचारीलाई शुक्रबार नै बर्खास्त गरिएको बताएको छ । एयरलाइनले यस घटनालाई उचित तरिकाले सम्बोधन गर्न असफल भएको र उडानको समयमा मदीरा सेवा उपलब्ध गराउने आफ्नो नीतिको पुनरावलोकन गरिरहेको बताएको छ ।

एयर इन्डियाका प्रमुख कार्यकारी क्याम्पबेल विल्सनले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “एयर इन्डियाले यी मामिलालाई विमान र अवतरणपछि (दुवै अवस्थामा) अझ राम्रो तरिकाले सम्हाल्न सक्थ्यो र कारबाही गर्न प्रतिबद्ध रहेको स्वीकार गरेको छ ।

दशकौंसम्म राज्यको नियन्त्रणमा रहेको टाटा समूहले हालै किनेको यो एयरलाइन्सले ती महिलाको उजुरीलाई सम्बोधन गरेको भन्दै चर्को आलोचना खेप्नुपरेको छ ।

भारतको उड्डयन नियामक निकायले यसै साता आफ्नो व्यवस्थापनलाई उक्त घटनाको रिपोर्टिङ नगरेको भन्दै चेतावनी दिएको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *