Categories विदेश समाचार

अमेरिकामा नेपाली पुरुषको गोली हानी हत्या

Advertisement

काठमाडौं । अमेरिकामा नेपाली मूलका एक पुरुषको बिहीबार राति गोली हानी हत्या गरिएको छ । अमेरिकाको कोलोराडोस्थित एक कन्भिनियन्स स्टोर संचालक (मालिक) भेषराज लामिछानेलाई गोली हानी हत्या गरिएको हो ।

Advertisement

लामिछाने तनहुँको दमौलीका हुन् । तर उनी आठ वर्ष अघि (सन २०१४) मा डिभी परेर अमेरिका पुगेका थिए।

Advertisement

बिहीबार राति एक बन्दुकधारीले गोली चलाउँदा उनलाई लागेको हो । र, उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

Advertisement

५३ वर्षका लामिछानेमाथि गोली चलाउने अपराधीलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

गोली चलाउने अपराधि २६ वर्षका स्वानाथन डि एन्जेलो रहेको त्यहाँको प्रहरीले जनाएको छ। लामिछानेको चार सन्तान रहेको बताइएको छ ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *