Categories अर्थ समाचार

पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर ३ रुपैयाँले घट्यो

Advertisement

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आइतबार मध्यरातिदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो ।

इन्धनको मूल्य घटेसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ, डिजेल तथा मट्टितेलको मूल्य १७२ पुगेको छ । यस्तै, हवाई इन्धनको मूल्य भने उच्च दरले घटाइएको छ । वाहृय हवाई इन्धनको मूल्य प्रतिलिटर ३० रुपैयाँ घटाइएको छ भने आन्तरिक इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँ घटाइएको निगमले जनाएको छ ।

Advertisement

खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत राखिएको निगमले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *