Categories समाचार

मधेश प्रदेशको संसदीय दलको नेतामा सरोजकुमार यादव सर्वसम्मतले चयन

Advertisement

वीरगञ्ज । जनता समाजवादी पार्टी नेपाल (जसपा) मधेश प्रदेशको संसदीय दलको नेतामा सरोजकुमार यादव सर्वसम्मतले चयन भएका छन ।

दलको नेता चयन गर्नका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिए पनि निर्वाचन नहुँदै यादव दलको नेतामा चयन भएका हुन ।

Advertisement

दलको नेताका लागि मधेश प्रदेशका निवर्तमान सभामुखसमेत रहेका यादव र मुख्यमन्त्री लालवावु राउतले उम्मेदवारी समेत दर्ता गराएका थिए ।

Advertisement

यद्दपी दलको नेताका लागि उम्मेदवारी दर्ता गराएका मुख्यमन्त्री राउतले अन्तिम समयमा यादवको नाममा सहमति जनाएपछि उनी दलको नेतामा चयन भएको जसपा मधेश प्रदेश कार्यसमितिले जनाएको छ ।

जसपाको मधेशप्रदेश सभामा १६ जना प्रदेश सभा सदस्य छन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *