Categories समाचार

मधेश प्रदेशको संसदीय दलको नेतामा दुई नेताको दाबी

Advertisement

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेशको संसदीय दलको नेतामा दुई नेताले दाबी गरेका छन् । मुख्यमन्त्री बन्नका लागि मधेशमा लागि लालबाबु राउत र सरोजकुमार यादवको दाबी परेको हो ।

दलको नेता चुन्नका लागि निर्वाचन नै हुने भएपछि राउत र यादवले उम्मेदवारी नै दर्ता गरेका हुन् । अर्का सांसद रामआशिष यादव संसदीय दलको नेताको आकांक्षी हुन् । तर उनले अन्तिम समयमा सरोजकुमारलाई समर्थन गरेको बताइएको छ ।

Advertisement

मधेशमा जसपाका २६ सांसद रहेका छन् । मधेश प्रदेशको मुख्यमन्त्री पनि जसपाले नै पाउने निश्चित छ । आईतबार भएको शीर्ष दलहरुको बैठकले मधेश प्रदेशको मुख्यमन्त्री जसपालाई दिने निर्णय गरेको हो । त्यसैले जसपाको संसदीय दलमा जो निर्वाचित हुन्छ । उही मुख्यमन्त्री बन्ने निश्चित छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *