Categories समाचार

क्रिकेटर सन्दीपलाई २० धरौटीमा छाड्न आदेश

Advertisement

काठमाडौं । नाबालिग जर्जस्तीकरणी आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछाने भोलि (शुक्रबार) धरौटीमा रिहा हुने भएका छन् ।

बिहीबार न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले सन्दीपलाई २० लाख धरौटीमा छाड्न आदेश दिएसँगै धरौटी रकम बुझाएर भोलि रिहा हुने भएका हुन् ।

Advertisement

इजलासले १९ पन्ने जारी गरेको आदेश केही बरेमा आउँदैछ । लामिछानेको रिहाइ सर्तसहित गरिएको र आदेशको पूर्णपाठ नआइसकेकाले सर्त के हो भन्ने बाहिर आएको छैन ।

Advertisement

असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका सन्दीपमाथि १८ वर्षीया नाबालिगमाथि जर्बस्तीकरणी गरेको अभियोगमा कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतमा सन्दीपलाई थुनामा पठाउन आदेश दिएको थियो।

सन्दीपविरुद्ध गत भदौँ ५ को राति तिलगंगाको एक होटलमा नाबालिग युवतीलाई लगेर जबर्जस्तीकरणी गरेको भदौँ २१ मा प्रहरी वृत्त गौशालामा उजुरी दर्ता भएको थियो । गौशालमा उजुरी दर्ता भएको भोलिपल्ट २२ गते प्रहरीले सन्दीपमाथि अनुसन्धान सुरु गरेको थियो।

बिहीबार उच्च अदालतले सन्दीपलाई धरौटीमा छाड्न आदेश दिए पनि जिल्ला अदालत काठमाडौंमा उनीमाथिको मुद्धा भने विचाराधीन रहेको छ ।

फाइल फोटो
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *