Categories समाचार

एकैपटक ७० जना प्रमुख जिल्ला अधिकारीहरुको सरुवा, पर्साका नयाँ प्रजिअ हिरालाल रेग्मी

Advertisement

बिरगंज । सरकारले एकैपटक ७० जना प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ ।

गृहमन्त्रालयले विभिन्न जिल्लाका सीडीओ, सहायक सीडीओसहित ७० जनाको काज सरूवा गरेको हो ।

Advertisement

आज बसेको उपप्रधान तथा गृहमन्त्रीस्तरीय निर्णयानुसार राजपत्रांकित प्रथम (सहसचिव) र द्वितीय श्रेणी (उपसचिव) समेतका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी लगायतका कर्मचारीहरुको सरुवा गरिएको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार प्रजिअ उमेशकुमार ढकाललाई गृह मन्त्रालयमा सरुवा गरिएको हो । पर्साका नयाँ प्रजिअमा हिरालाल रेग्मीलाई पठाइएको छ ।

उनी हाल दाङको प्रमुख जिल्ला अधिकारी थिए । यस्तै, सहायक प्रमुख जिल्ला अधिकारीमा वेदनिधी खनाललाई पठाइएको गृह मन्त्रालयको विज्ञप्तिमार्फत जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *