Categories समाचार

तराई हस्पिटलको लापरबाहीले नवजात शिशुको मृत्यु, हस्पिटलमाथि मुद्दा दर्ता

Advertisement

पर्सा । वीरगंजमा हस्पिटल र डाक्टरको लापरबाहीले अकालमै बिरामीले ज्यान गुमाएको घटना कुनै नौलो विषय होइन । हस्पिटल र डाक्टरको लापरबाहीले कयौँ बिरामीले अकालमै ज्यान गुमाएको भन्दै पटक पटक दर्जनौँ घटना घटेका छन् । त्यसमा पनि वीरगंजको पावरहाउसस्थित रहेको तराई हस्पिटल सञ्चालनमा आएदेखि नै बेलाबखत विवादमा मुछिँदै आएको छ ।

यसपटक पुनः झाडापखालाको बिरामी भई तराई हस्पिटलमा भर्ना गरिएको एक नवजात शिशुको लापरबाहीका कारण अकालमै मृत्यु भएको घटना बाहिरिएको छ । झाडा पखालाको बिरामी भई शुक्रवार बिहान साढे ३ बजे तराई हस्पिटलको एनआईसियुमा भर्ना गरिएको पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नं. २ औराहा पचगावाका प्रेम साह सोनारको दुई महिनाको नातिको मृत्यु भएको हो ।

Advertisement

भर्ना गरेका बेला बच्चा हातखुट्टा चलाईरहेपनि राति डिउटिमा रहेकी नर्सले भने उपचार भइरहेको तर विस्तृत कुरा बिहान ९ बजे डाक्टर आएपछि मात्र थाहा हुने प्रतिक्रिया दिएको सोनारले बताए । राती नै उपचारका लागी भर्ना गरिएपनि त्यसबखत बच्चाको बारेमा कुनैपनी जानकारी नगराई आफू एनआईसियु बाहिर बसेको बेला बिहान साढे सात बजे ३/४ जना डाक्टरहरूको टोलीले बोलाएर बच्चाको मृत्यु भइसकेको जानकारी गराएको पीडित सोनारको प्रतिक्रिया छ ।

Advertisement

शिशु भर्ना गरिएको झण्डै ४ घण्टापछि मात्रै चिकित्सक उपचारका लागी आएकाले चिकित्सकको लापरबाहीले मृत्यु भएको परिवारजनको आरोप छ । जबकी कुनै पनि बिरामीलाई एनआईसियुमा भर्ना गर्दा तत्कालै त्यससँग सम्बन्धित चिकित्सकको निगरानीमा उपचार गर्नुपर्ने हुन्छ । तर तराई हस्पिटलले त्यस्तो केही नगरी बच्चाको मृत्युसम्म कुरिरहेकाले हदैसम्मको लापरबाहीले मृत्यु भएको परिवारजनको आरोप रहेको छ ।

तराई हस्पिटलको लापरबाहीले हातखुट्टा चलाउँदै गरेको शिशुको मृत्यु भएपछि हस्पिटलसँग पीडित परिवारको विवाद हुँदा घटनास्थलमा प्रहरी पुगेर विवादलाई साम्य पारेको थियो ।

‘‘हस्पिटलबाट भएको लापरबाहीले मृत्यु भएको शिशुको घटनाबारे छानबिन गरी दोषीलाई कारबाही हुनुपर्ने आफूहरूले माग गरेका छौँ, ताकी भोलिको दिनमा अरू कोही बिरामीसँग यस्तो घटना नघटोस्,’ पीडित सोनारले भने, आफूहरूले कुनै पनि क्षतिपूर्ति माग गरेका छैनौ तर उपचारमा अस्पतालको चरम लापरबाहीकै कारण बच्चाको मृत्यु भएको छ ।’’ तराई अस्पतालले पनि गल्ती स्वीकारेकोले दोषीलाई कडा कारबाही होस् भन्ने मात्रै चाहेको पीडित सोनारले बताए ।

तराई हस्पिटलको प्रशासन शाखाले सहमतिमै कुरा टुङ्गिएको बताउँदै के सहमति भएको बारे बोल्न चाहेनन् । तराई हस्पिटलका सञ्चालक डा. रोशन कुर्मीले भने भेट्नै चाहेनन् । पटक-पटक सम्पर्क गर्दा समेत घटनाबारे जानकारी गराउन सम्पर्क मै आउन चाहेनन् ।

घटनाबारे जिल्ला प्रहरी कार्यालय पर्साले मुद्दा दर्ता गरेको छ । पीडितले दिएको उजुरीको आधारमा तराई अस्पतालमाथि मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । मृत्यु भएको बच्चाको पोस्मार्टनका लागी नारायणी अस्पतालमा पुर्‍याइएको छ । यस्ता घटना पटक-पटक तराई हस्पिटलमा घटेपनि हालसम्म तीनले उपचारमा सुधार गर्न सकेका छैनन् । साभार

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *